Share

Share on Facebook

भलुवाही खोलामा सप्तरी युथ नेपालद्धारा सरसफाइ

2024-08-02

“सरसफाइ तपाईको हातमा, हामी युवा तपाईको साथमा” भन्ने मुल नाराको सहित ५ साउन २०८१ मा राजबिराज नगरपालिका वडा नं ८ को भलुवाही खोलामा सप्तरी युथ नेपालद्धारा सरसफाइ गरिएको थियो ।

शनिबार बिहान गर्मी, जाडो जे भए पनि हरेक शनिबार झै २०८१ सालको साउन महिनाको ५ गतेको शनिबारमा नि पानी परि रहेको अवस्थामा पनि सप्तरी युथ नेपालका साथीहरु र सरसफाइ प्रेमीहरुले पानीमा भिज्दै सरसफाइ कार्यमा लागि रहेनु भएको थियो ।

सरसफाइ सामाग्रीहरुको अभाव भइ रहदा नि सप्तरी जिल्लालाई सफा र सुन्दर बनाउन आफ्नो तर्फबाट कोसिस जारी नै राख्ने र स्थानीयहरुले पनि आफ्नो ठाउँलाई सफा राखी आफुहरुलाई साथ समर्थन गरिदिन हुन सप्तरी युथ नेपालका साथीहरुले त्यहाँ उपस्थित स्थानीयहरुलाई अनुरोध गर्नुभयो ।